योगेश भट्टराईलाई दुर्व्यबहार गर्ने शाहीद्वारा पत्रकारमाथि हातपात

रातारात सेलिव्रेटी बन्ने रहर जागेका ज्ञानेन्द्र शाहीले शनिबार नेपालगञ्ज विमानस्थमा पर्यटन मन्त्री योगेश भट्टराईमाथि हातपात प्रयास गरे । मन्त्रीमाथि अभदू्र व्इवहार गरे । उल्टै मन्त्रीलाई संष्कृति र संष्कार सिकाउन खोजे । तिनै विवाद्स्पद छविका ज्ञानेन्द्र शाहीले आइतबार पत्रकारमाथि हातपात प्रयास गरेका छन् ।

शनिवारको घटनाक्रमको बिषयमा जानकारी दिन भन्दै उनले आइतबार पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यहाँ पत्रकारले उनका बिषयमा केही जिज्ञासा राखेपछि भनभानले अन्तत हात हालाहालको स्थितीमा पुगेको ।

पत्रकारको प्रश्नको उत्तर दिन आनाकानी गरेपछि विवाद भएको थियो । अन्तत उनले पत्रकारमाथि नै हातपात गरेका हुन् ।आफ्नो नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख गरेको, एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाहीले पत्रकारमाथि नै अनेक आरोप लगाएपछि झडप भएको हो ।

घटनास्थलमा प्रहरी भएकाले तत्कालै दुवै पक्षलाई नियन्त्रणमा लिएको छ ।शाहीलाई अहिले ललितपुर प्रहरी परिसरमा लगिएको छ ।

LEAVE A REPLY