तरुण दलमा गाइजात्रा :- अध्यक्षले महासचिवलाई कारवाही गरे,महासचिवले अध्यक्ष हटाए

कांग्रेस निटक भातृसंगठनमा गाइजात्रा देखिएको छ । त्यहाँ शेर बहादुर देउवाले टिका लगाएर अध्यक्ष बनाएका जीतजंग बस्नेत र अर्काे टिके महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकाले ।

दलको कार्यकाल सकिन अब २ महिना मात्रै बाँकी रहेको अबस्थामा एकले अर्काेलाई कारवाही गरेको विज्ञप्ती सार्वजानिक गरेका हुन् ।


शुरुमा जीतजंग बस्नेतले शाहीमाथि दलको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको  विज्ञप्ति निकाले त्यसको एकाध घण्टा नबित्दै महासचिव शाहीले उल्टै बस्नेतलाई नै कारवाही गरेको पत्र सार्वजनिक गरे। बस्नेतले शाहीमाथि अनुशासनहीन काम गरेको भन्दै कारवाही घोषणा गरेका थिए। तर त्यही आरोपमा शाहीले बस्नेतमाथि काउन्टर कारवाहीको घोषणा गरेका छन्।

LEAVE A REPLY