विष्णु माझीको गीतमा केकीको अभिनय (भिडियो)

विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

पछिल्लो समय फिल्म क्षेत्रमा चर्चित रहेका नायक नायिकाहरु लोक तथा दोहोरी गीतमा अभिनय गर्न थालेका छन्। कुनै बेला नेपाली लोकगीत भनेपछि नाक खुम्च्याउने युवा जमात अहिले नेपाली लोक शैलीका गीतमा झुम्न थालेका छन्। फिल्ममा पनि लोक गीतका भाकाहरु समावेश हुन थालेका छन्।

यसैबीच लोकप्रिय गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको “गुलाबको फूलु बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। युनिक भोजराज विकको शब्द तथा संगीत रहेको गीतमा नायिका केकी अधिकारीले अभिनय गरेकी छिन्।

अभिनयमा उनलाई गम्भीर विष्ट र सुरज श्रेष्ठले साथ दिएका छन्। निश्चल केसीको निर्देशन रहेको गीतको कोरियोग्राफि विष्टले गरेका हुन्।

LEAVE A REPLY