चर्चित कलाकार धतुरेले मुनालाई चुम्बन गरेपछि बबाल (भिडियोसहित)

चर्चित टेलिश्रृंखला क्या जमाना आ फरक र पृथक शैलीका कथाबस्तुलाई पस्कदै आएको छ । त्यही कारण त लोकप्रिय छ यो टेलिश्रृंखला । यस्का पछिल्ला हरेक अंकहरु युट्युवको ट्रेन्डिङमा पर्न सफल छ ।

पर्यटन प्रर्वद्धनमा लागेको छ श्रृंखलाको पछिल्लो अंक ७५ औं श्रृंखलाको छायांकन सिन्धुली जिल्लाका प्राकृतिक दृश्यहरुले भरिपूर्ण पर्यटकीय स्थलमा पुगेर गरिएको छ ।

क्या जमाना आ श्रृंखला नेपाल पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै र पर्यटन बर्षलाई सफल पार्ने अभियानमा होमिएको हो ।

यो टिम अहिले ७७ वटै जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यका साथ काम गरिरहेको छ ।

स्वर्णीम क्रियसनको व्यानरमा प्रशारण हुँदै आएको क्या जमाना आले पर्यटन बर्षलाई मध्यनजर गर्दै देशैभरका विभिन्न पर्यटकीय स्थलमा पुगी त्यहाँ टेलिश्रृखंला सुटिङ गरी प्रशारण गर्ने योजना अनुरुप सिन्धुली जिल्लाका पर्यटकीय स्थलहरु सुनकोसी रिभर,सतिदेवी मन्दिर र मनोरम प्राकृतिक दृश्यहरु सहित छायांकन गरिएको छ ।

जहाँ चर्चित ताज होटलमा नेताको लगानी रहेको र सहकारीबाट ऋृण लिएर गरिएको लगानी तिर्न नसकेपछि उक्त होटल नै सहकारीले आफ्नो कब्जामा लिएको कथाबस्तुमा केन्द्रित रही टेलिश्रृंखला निर्माण गरिएको छ ।

यो टेलिश्रृंखला युट्युवमा राखिएको २४ घण्टा नबित्दै १ लाख ५ हजारले हेरिसकेका छन् ।

LEAVE A REPLY