तीजमा पतिको पाउ धोएर क्यानडा उडिन् धमला पत्नी एलिजा

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी तथा चलचित्र नायिका समेत रहेकी एलिजा गौतम योपटक निकै चर्चामा आइन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले पतिको पाउ धोएको तस्बिर सार्वजनिक भएपछी सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया भयो ।

पढेलेखेकी बुझेकी भइकन एलिजाले किन यसो गरिन् भन्ने प्रश्न सर्वत्र उठ्यो । उनले यसको बचाऊ गर्दै संस्कृति र संस्कार अंगिकार गरेको जवाफ दिइन् । एलिजाले यसपटक तीजको ब्रत बसेर पतिको पाउ धोएर केही महिनाका लागि पतिबाट बिदा भएकी छिन् । उनी यतिबेला क्यानडामा छिन् ।

एलिजा आमा गीता गौतमसँगै क्यानडा उडेकी हुन् । यसै हप्ता क्यानडा उडेकी उनी छोराछोरीलाई समेत साथमै लिएर गएकी छिन् । यसपटक उनले छोरीको उपचार गर्ने बताइन् । उपचारकै लागि क्यानडा गएको उनको भनाई छ ।

LEAVE A REPLY