प्रचण्डका घरबेटीलाई डेढ अर्बको मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ
कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।

सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।उनी विवादपद ठेकेदार हुन । ठेक्का लिने तर काम पूरा नगरेको आरोपमा बदनाम छन ।
उनले ठेक्का लिएका त्रिपुरेश्वर कलंकी नागढुंगा ९ दशमलव १ किलोमिटर सडक ठेक्का अलपत्र छ । भक्तपुर र नगरकोट साढे १५ किलोमिटर,बालाजु रानीपौवा त्रिशुली सडकखण्ड अलपत्र छ । चाबहिल देखि साँखु, जोरपाटी हुँदै सुन्दरीजल जोडने डकको ठेक्का पनि उनैले पाएका हुन । यो पनि अलपत्र छ ।
सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो ।

LEAVE A REPLY