ट्रली बस चल्न छोडेको एक दशकपछि राजधानीमा विद्युतीय बस

भाडा पनि सस्तो
नेपालमै पहिलो पटक विद्युतीय बससेवा सोमबारदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गरे ।

सुन्दर यातायातसँग अहिले १८वटा गाडी चल्नेछन् । केही समय पछि नै उसले अरु ५० वटा गाडी थप्ने जनाएको छ ।

रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ ।

बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ ।

विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।

LEAVE A REPLY