श्रीमान प्रमुख अतिथि,श्रीमती सम्मानित !

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पत्नी डा आरजुलाई सम्मनित गरेका छन् । उनलाई समाजसेवीको रुपमा देउवाले सम्मानित गरेका हुन् । राजधानीमा अछाम–काठमाडौं सम्पर्क समिति काग्रेसले आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले आरजुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । कार्यक्रममा सभापति देउवा प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए ।

आरजुलाई लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै समितिले सम्मान गरेको हो । उनलाई द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मानित गरिएको थियो । दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यक्तिलाई उक्त समितिले सम्मान दिने गरेको र यो पटक त्यो सम्मान आरजुलाई प्रदान गरिएको समितिले जनाएको छ ।

समितिले नेपाली कांग्रेस एनडी ‘प्रकाश’ चटौत स्मृति सम्मानबाट सांसद रामबहादुर विष्टलाई सम्मान गरेको छ । नेपाली कांग्रेस सिद्धराज ओझा स्मृति सम्मानबाट भने बलबहादुर कुँवर सम्मानित भएका छन् ।

LEAVE A REPLY