टेलिश्रृंखलाका “क्या जमाना आ” का प्रिय कलाकारआउँदैछन् तपाईकै गाउँ ठाउँमा

विज्ञापन एजेन्सीहरुको उत्पादन रहेका र चर्चित भनिएका टेलिश्रृंखलाहरु कोही बन्द हुने केहीको टिम नै ६ ६ महिना नपुग्दै परिवर्तन भइरहेको छ ।
तर आफैं उत्पादक,आफैं निर्माता आफैं कलाकारका रुपमा जन्मिएको टेलिश्रृंखला क्या जमाना आ नयाँ रुप र रंगमा प्रशारण हुँदैछ ।


लामो समयसम्म नेपाल टेलिभिजन, एपिवान हुँदै हाल नाइस टेलिभिजनबाट हरेक बुधबार राती प्रशारण हुँदै आएको र हरेक श्रृंखला युट्युवमा ट्रेन्डिङमा पर्न सफल क्या जमाना आले नेपाल पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै र पर्यटन बर्षलाई सफल पार्ने अभियानमा होमिएको छ यो टिम ।
७७ वटै जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने हेतुले यो टीम अब छिट्टै देश दौडाहामा निस्कने भएको छ ।
स्वर्णीम क्रियसनको व्यानरमा प्रशारण हुँदै आएको क्या जमाना आले पर्यटन बर्षलाई मध्यनजर गर्दै देशैभरका विभिन्न पर्यटकीय स्थलमा पुगी त्यहाँ टेलिश्रृखंला सुटिङ गरी प्रशारण गर्ने योजना बनाएको क्या जमाना आ टेलिश्रृंखलाका निर्देशक सीपी पुडासैनी धतुरेले सुनाए ।
उनका अनुसार यो अभियान यही २६ भदौबाट शुरु हुँदैछ । पहिलो चरणमा क्या जमाना आ टोली खोटाङतर्फ लम्कदैछन् ।
त्यहाँको मनोरम र पर्यटकीय दृश्यहरुसहित टेलिश्रृंखला सुटिङ हुने निर्देशक पुडासैनीले सुनाए ।
यो अभियानबाट नेपालको आन्तरिक र बाह्य पर्यटक भित्राउनमा समेत टेवा पुग्ने क्या जमाना आ टोलीको विश्वाश छ ।
यो अनुकरणीय अभियानलाई सफल पार्ने सबैको साथ, सहयोग र मायाको अपेक्षा राखेका छन् क्या जमाना आका तपाईहरुकै प्रिय कलाकारहरुले ।

LEAVE A REPLY