एनसेलबारे संसदमै उठाइयो प्रश्न, देव गुरुङले भने– सर्वोच्चको आदेश गलत

आइतबार संसदको शून्य समयमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले एनसेलको पुँजीगत लाभकरका बारेमा सर्वोच्च अदालतको आदेश गलत भएको साथै अर्बौंको कोषको घोटाला गराएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराए ।

“यो आदेशको विरुद्धमा सरकारका तर्फबाट तुरुन्तै पुनरावलोकन गर्न जरुरी छ । सर्वोच्च अदालतको वृहत् इजलाशका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने । सर्वोच्च अदालतको पछिल्लो आदेशले ०७५ माघ २३ गते सर्वोच्चको वृहत इजलाशले गरेको आदेशको उल्लंघन गरेको आरोप पनि उनले लगाए ।

LEAVE A REPLY