बाल्कोनीमा हातले केही नपक्री योगा गर्न खोज्ने महिला खसिन्, १ सय १० हड्डी भाँच्चिए

मेक्सिकोकी एक महिला आवसीय भवनको छैठौं फ्लोरको बाल्कोनीमा हातले केही नपक्री योगा गरिरहेकी थिइन्।उनको योगा खतरनाका थियो कारण उनी दुर्भाग्य उनी छैठौं फ्लोरबाट खसिन्।

उनको शरीरका ११० हड्डीहरु भाँच्चिए तर उनको ज्यान जोगीयो । एल इम्पारिकलका अनुसार एलेक्सा टेरेजाज ठूलो भवनबाट तल खसेपनि बगैँचामा खसेकाले बाँच्न सफल भएकि हुन् । खबरका अनुसार एलेक्सा मेक्सिकोकी चर्चित महिला हुन्। उनी खतरनाक योगा गरेर भिडियो बनाउँथिन्।

एलेक्साको दुवै खुट्टा, शिर, दुवै हात तथा खुट्टा र कम्मरबीचका हड्डीहरु भाँचिएका छन्।उनी यतिबेला होसमा भएता पनि उनको अवस्था निकै नाजुक भएको बताइएको छ। मेक्सिको सरकारले आफ्ना नागरिकहरुलाई खतरनाक योगा नगर्न आग्रह गरेको छ। डाक्टरका अनुसार उनले सामान्य रुपमा हिँड्नका लागि अब ३ वर्षसम्म लाग्ने उल्लेख गरीएको छ। एजेन्सी

LEAVE A REPLY