वडाध्यक्षले गरे आत्महत्या प्रयास, अवस्था गम्भीर

बुटवल उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष रमेश नेपालले वडा नं २ पुरानो बुटवल बजारस्थित आफ्नै घरको कोठामा ढोका बन्द गरी बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका छन्।

पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डोरी काटेर अस्पताल पुर्‍याएका हुन् ।घटनापछि भैरहवा मेडिकल कलेजमै रहेका बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन्। चिकित्सकलाई उद्धृत गर्दै क्षेत्रीले लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजन बन्द भए पनि घाँटीको हड्डी भने नभाँचिएको बताएका छन् ।

क्षेत्रीले घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयमा परेको मुद्दाको विषयले पनि उनी तनावमा रहेको हुन सक्ने बताएका छन् । नेपाल मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको महासचिव हुन्। केही समय अगाडि फुलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरूविरूद्ध मुद्दा परेको थियो । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। भने के आत्मा हत्या गर्न खोज्नुको कारण भने खुलेको छैन ।

LEAVE A REPLY