एयरपोर्टमा प्रधानमन्त्री ओली मुस्कुराए मात्र,दिएनन् केही प्रतिक्रिया

२ साता लामो उपचार सकाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिंगापुर पुगेका उनि १५ दिनपछि शुक्रबार आजै स्वदेश फर्किएका हुन् । सिंगापुरमा प्रधानमन्त्री ओलीको मिगौलाको प्लाज्मा फेरेसिस गरिएको थियो ।

१६ दिन लामो सिंगापुर बसाइका क्रममा उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

बुधवार उपचार सम्पन्न भएसँगै आज अपरान्ह प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । यस अघि ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रवार नै स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सभामुख कृष्ण बहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत पार्टीका अन्य नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीका स्वागतमा उभिएका उपप्रधानमन्त्री,मन्त्री,सांसद तथा शुभचिन्तकहरुका अघि प्रधाननमन्त्री ओलीले मुस्कानसहित अभिवादन फर्काए । त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको जिज्ञासामा कुनै प्रतिक्रिया दिएनन्।

LEAVE A REPLY