बिजुली गाडीको चुलिँदो आकर्षण

अन्जना सुबेदी

राष्ट्रपति विद्यादेवी भण्डारी,उर्जामन्त्री बर्षमान पुन,वन मन्त्री शक्ति बस्नेतहरु विद्युतीय सवारीमा हुँइकिन थाले । सँगै चिन्ता थपिएको छ वातावरणमैत्री र किफयाती यस्ता विद्युतीय कारको चार्जिङ स्टेशन नहुँदा हत्तु । छनत विद्युत प्राधिरकणमा एउटा सानो चार्जिङ स्टेशन छ तर त्यहाँ अत्याधुनिक प्रवृत्तिका सवारीको चार्जिङ सम्भब छैन् ।

को को चढ्छन् यस्ता सवारी ?


पछिल्लो समय यस्ता सवारीप्रति मोह ह्वात्तै उक्लिदो छ । जस्तो यस्तो सवारी साधन चढ्नेमा उर्जा सचिव दिनेश घिमिरे,प्राधिकरणका हाकिम कुलमान घिसिङ,डा भगवान कोइराला,पूर्व एआइजी नवराज ढकाल,कुलचन्द्र गौतम,सिमेन्ट उद्योगका अध्यक्ष धु्रव थापा,डा सुधा बस्नेत,डा आभा शाक्य,कुन्द दिक्षित, उद्योगी शेखर गोल्छा,पूर्व अर्थ सचिव रामेश्वर खनाल,पूर्व मिस नेपाल पुनम घिमिरे,उर्जा मन्त्रालयका उप सचिव राजु मर्हजनलगायत सातसय भन्दा बढी पुगिसकेका छन् । तर एउटै समस्या छ गाडी चार्ज गर्ने स्थानको ।

फाइदा
विदुतीय सवारी साधन एकातिर वातावरण किफायती अर्काेतिर कम खर्च । त्यही कारण पनि यस्ता सवारी साधनको आकर्षण बढ्दो छ । सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाका अनुसार,यस्ता विद्युतीय कार २/३ घण्टामा फुल चार्ज गर्न सकिन्छ । र फुल चार्ज गरेको कार कम्तिमा ३ सय किलोमिटर दौडन सक्छ । अर्थात यो भनेको, दुई रुपैंया खर्च गरेर एक किमी दौड्नु बराबर । जबकी पेट्रोल र डिजेलबाट यति नै दुरी पार गर्दा झण्डै १५ रुपैंया बढी पर्ने आउँछ । बढ्दो इन्धन घाटालाई कम गर्न सरकारले यस्ता सवारी साधनको खरिदमा भन्सार छुट दिँदै आएको छ । जबकी अन्य सवारी साधानमा २५६ प्रतिशतसम्म भन्सार लिने गरिएको छ ।

यसै बर्ष २० ठाउँमा चार्जिग स्टेशन

यता,अबको बर्ष दिन पछि उत्पादन भएको विद्युत सप्लाई गर्ने ठाउँ नहुँदा उर्जा मन्त्रालय,विद्युत प्राधिकरणका हाकिमहरुको निद हराम भएको छ । अबको बर्ष दिन भित्रमा झण्डै एक हजार मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइन(ग्रिड)मा थपिने उर्जा मन्त्रालयका अधिकारीहरुले प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार, चिलिमे जलविद्युत परियोजनाका साहायक कम्पनीहरुू साञ्जेन,रसुवागढी,भोटेकसीसहित बहुप्रतिक्षित तामाकोशी जलविद्युत परियोजना लगायतबाट झण्डै एक हजार विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिँदैछ । योसँगै थपिएको विद्युतको खपत कहाँ र कसरी गर्ने ? चिन्तामा छन् उर्जा मन्त्रालय र विद्युत प्राधिकरणका हाकिमहरु ।

जस्को पहिलो विकल्प अघि सारिएको छ विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेशन’। स्टेशन स्थापना तथा सञ्चालन कार्यविधिका सम्बन्धमा अध्ययन गर्न गठित समितिमा थिए मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रवीणराज अर्याल, सहसचिव तोयानाथ अधिकारी, विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र मन्त्रालयका सिडिई राजु महर्जन । उनीहरुले साता दिन अघि मन्त्री वर्षमान पुनलाई ४ पन्ने प्रतिवेदन बुझाएको छ ।

के छ मन्त्रीलाई बुझाइएको प्रतिवेदनमा ?

सो प्रतिवेदनमा चार्जिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवस्था, चार्जिङ स्टेशन स्वीकृति, गुणस्तर तथा मापदण्ड, सुरक्षा, महसुल, सेवा शुल्क, परीक्षण तथा प्रमाणीकरण, नियमन र अनुगमन, विद्युत् आपूर्ति तथा विद्युत् वितरण प्रणालीको सुधार, जग्गा तथा अन्य पूर्वाधार, कर, सुविधालगायत बिषय उल्लेख छन् ।यस्को स्वामित्व विद्युत प्राधिकरणसँगै हुनेछ ।योसँगै सरकारले यसै आर्थिक बर्षमा २० ठाउँमा चार्जिङ स्टेसन बनाउने तयारी थालेको छ ।

नीजि क्षेत्रका यातायात व्यवसायी पनि हातेमलो गर्न आइपुगेका छन् । सोमबार मात्र भेषबहादुर थापाहरुको लगानी रहेको सुन्दर यातायातले चाबहिलमा चार्जिङ स्टेशन स्थापना गरेको छ । यो आबमैै विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नेछ । र उस्ले सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ २० पैसा, दिउँसो ८ रुपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रुपैयाँ निर्धारण गरेको छ । यस्ता सवारी साधनलाई बढ्वा दिन सके इन्धन खपतमा बार्षिक रुपमा हुने गरेको अर्बाै घाटालाई न्युनीकरण गर्न सकिन्थ्यो कि ?

LEAVE A REPLY