मन्त्रीदेखि चिकित्सकसम्मलाई डेंगुको संक्रमण

राजधानी नै डेंगुको जोखिममा रहेको छ । मन्त्रीदेखि चिकित्सकहरुसमेत डेंगुका कारण संक्रमित बनेका छन् ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालसमेत डेंगु ज्वरोले बिरामी भएका छन्। ज्वरो आउने, टाउको दुख्ने भएपछि मन्त्री खनाल हिजोदेखि काठमाडौं टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। अस्पतालले समेत मन्त्री खनाललाई डेंगु ज्वरोको लक्षण देखिएको पुष्टि गरेको छ। मन्त्री खनालको सचिवालयले पनि उनलाई डेंगु ज्वरो आएको जानकारी गराएको छ। ग्राण्डी अस्पतालमा भर्ना हुनुअघि पनि उनलाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षण गरिएको थियो। रगत परीक्षणबाट पनि मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएको थियो।

कृषिमन्त्री  खनाल सहित ११ जनामा डेंगुको संक्रमण देखिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जना कर्मचारीलाई डेंगुको संक्रमण भएको छ। उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको र केहीलाई निको भइसकेको छ।

LEAVE A REPLY