रवि लामिछानेलाई सम्झेरै इशाले मनाइन् तीज

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पूर्व पत्नी इशाले सधैं झैं यसवर्ष पनि पूर्व पतिलाई सम्झदै तीज मनाएकी छिन् ।

रातो साडी, हरियो पोते अनि घाँटीमा झपक्क छोपिने हार । निधारमा तारा आकारको रातो टीका । लाली ओठमा लाल रंगले सझिएर मुस्कुराउँदा पनि उनीभित्रको पीडा कता कता झल्कन्थ्यो । मुस्कुराउँदै खिचेको तस्बिर फेसबुकमा राखेर उनले तीजको शुभकामना दिएकी छिन् ।

यसपाली उनको नेपाल आउने तयारी छ । उनले भनिन् , ‘म दशैं अगाडि नेपाल आउँछु ।’ नेपाल आउनुमा दशैं देशमै मनाउने इच्छा रहेको बताइन् । दुई छोरीको पालनपोषण गर्दै आएकी उनी रविलाई भुल्न सकिरहेकी छैनन् । २५ वर्ष लामो दाम्पत्य जीवन गत वर्ष मात्र पूर्णविराम लागेको थियो । यस घटनाले उनमा निकै गहिरो चोट परेको छ ।

LEAVE A REPLY