‘साहो’को आक्रामक कमाई, प्रभाषको क्रेज बलिउडमा पनि देखियो

निकै नै खराब प्रतिक्रिया पाएको साउथका सुपरस्टार प्रभाष अभिनित चलचित्र ‘साहो’ले बक्स अफिसमा सुरुवाती तिन दिनमा उत्कृष्ट कमाई गरेको छ । चलचित्रको व्यापारिक आँकडाले पनि बलिउडमा समेत प्रभाषको क्रेज बढेको विश्लेषण गरिएको छ ।

“बाहुबली” फिल्मबाट दर्शकको मन जितेका अभिनेता प्रभासको “साहो” ले राम्रो ओपनिङ गरेको जनाइएको छ । शुरूआती कमाइमा फिल्मले कविर सिंह र मिसन मंगल र भारतलाई पछि पारेको छ ।

मानिसहरूले फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिपयले फिल्मलाई कमजोर भनेका छन् भने कतिपयले एक्सनले भरिएको फिल्मको रूपमा लिएका छन् ।

तरपनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । वर्ल्डवाइड कलेक्शनको कुरा गर्ने हो भने फिल्मले हालसम्म २०५ करोड भारु कमाएको छ ।

फिल्मले हिन्दी भर्जनमा दुई दिनमा ५० करोड भारु कमाएको छ । फिल्मले तेस्रो दिन लगभग ८० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । शुक्रवार अर्थात् रिलिजको दिन फिल्मले २४.४ करोड भारु कमाएको थियो ।

फिल्मले शनिवार २५।.२ करोड कमाएको थियो ।

LEAVE A REPLY