आधिकारिक ट्रेड युनियनकै अध्यक्षको यस्तोसम्म बदमासी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १५ कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ । गत १ भदौमा दिएको निर्देशन अनुसार पर्यटन विभागले सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो ।
सम्पर्क अधिकृतको रुपमा खटिएका तर सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बेढेको पर्यटन विभागले जनाएको छ । हामीले प्राप्त गरेको कागजात अनुसार सम्पर्क अधिकृत खटिएर बीचबाटै बाट फर्कने १५ कर्मचारीको सूचीमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालसमेत मु्छिएका छन् । यस वर्षको वसन्तकालीन मौसममा उनी लियोजन अफिसर (सम्पर्क अधिकृत) हुने मौका पाएका थिए। विभागले कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल सहितका १५ कर्मचारीलाई स्पष्टीकरण सोधेको हो। उनले काठमाडौमै बसेर सगरमाथा आरोहण गरेको सिफारिश गरेका थिए ।सम्पर्क अधिकृत भए वापत उनले झण्डै ४ लाख रुपैयाँ बुझेका थिए। तर उनी काठमाडौमै बसेर आरोहीलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गरिदिए ।

यसरी स्पष्टिकरण सोधिएका अन्य कर्मचारीहरुमा मन्त्रालयका ४,पर्यटन विभागका ३, अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका २, राष्ट्रपति कार्यालयका कर्मचारीहरु समेत मु्छिएका छन् ।


विभागले स्पष्टीकरण सोधेका पुहँचवाला कर्मचारीहरुमा अख्यितारका  तीर्थ चापागाई, कमल मिश्र पनि छन्। यसैगरी राष्ट्रपति कार्यालयका उपसचिव प्रल्दाह पुडासैनीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । महालेखा नियन्त्रण कार्यालयका राजेन्द्र श्रेष्ठलाई पनि विभागले स्पष्टीकरण सोधेको छ।

पहुँचवाला कर्मचारी र कर्मचारी नेताहरुले मात्र लियोजन अफिसर हुने मौका पाउने गर्छन । यसरी लियोजन अफिसर बनेर पैसा बुझ्ने तर कर्मचारीहरु आरोहण दलसँगै नखटिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। छानविन समितिले सरकारलाई प्रतिबेदन पनि बुझाइसकेको छ।

LEAVE A REPLY