कानुनलाई चुनौती दिएर विदेश भ्रमणमा

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै फेरि विदेश भ्रमणमा जाने भएका छन् ।

महानगरपालिका स्रोतका अनुसार शाक्य केन्द्र सरकारको अनुमति नै नलिई भ्रमणमा जान लागेका हुन् । राजधानी लेख्छ उनी सोमबार बिहान ७ बजेको उडानमार्फत फिनल्यान्ड जाने कार्यक्रम तय भएको महानगरपालिकाले जनाएको छ । उनीसँगै उपप्रमुख हरिप्रभा खड्गी पनि फिनल्यान्ड जाँदै छिन् । सामान्यतय नगरप्रमुख र उपप्रमुख एकैपटक विदेश जान नपाउने प्रावधान छ । तर, सो प्रावधानलाई समेत लत्याउँदै वडा नं। १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएर नगरप्रमुख र उपप्रमुख दुवै जना एकैपटक फिनल्यान्ड जान लागेका हुन् ।

‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५’ को व्यवस्थानुसार महानगरपालिकाका पदाधिकारीले विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत गराएर मात्रै भ्रमणमा जानुपर्ने व्यवस्था छ । तर, नगरप्रमुख शाक्यले केन्द्र सरकारको स्वीकृतिबिना नै विदेश भ्रमण गर्ने गरेका छन् । यसअघि नगरप्रमुख शाक्यले १० जनाको टोली लिएर चीन भ्रमणमा जाँदासमेत केन्द्रीय सरकारको अनुमति लिएका थिएनन् ।

LEAVE A REPLY