भारतमा मापसे गरेर गाडी चलाए २ वर्ष जेल

भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई आइतबारदेखि कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ।

नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्छ। साथै ६ महिना जेल र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी चलाए दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिमाना तिराइने कानुनमा उल्लेख छ।

नेपालमा पनि केही वर्षदेखि मापसे परीक्षण सुरू गरिएको छ। मापसे गरी सवारी चलाए १ हजार रुपैयाँ जरिमाना तिर्नुपर्छ भने एक दिन ट्राफिकको क्लास पनि लिनुपर्छ। मापसे गरी सवारी चलाएको भेटिए ट्राफिक प्रहरीले लाइसेन्समा प्वाल पारिदिन्छ।

LEAVE A REPLY