इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट

आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्।
भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन।

तालिममा प्रहरी निरीक्षक अनु लामा ‘बेस्ट लेडी आउट डोर प्रोबेसनर, चाँदमारी र बेस्ट टर्न आउट’ गरी ३ विधामा पुरस्कृत भएकी छन् । प्रहरी निरीक्षक अमर माझी ‘बेस्ट स्विमिङ अवार्ड’ र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पीटी’ पुरस्कारद्वारा सम्म्मानित भएका छन् ।

भारतका संघीय गृहमन्त्री अमित साह प्रमुख अतिथि रहेको दीक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधावमा २४ अगस्ट २०१९ मा पुरस्कार वितरण गरिएको थियो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्टसहित २ चरणमा सञ्चालन हुने गर्दछ ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थी सहभागी थिए ।
हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षक उक्त तालिममा सहभागी हुँदै आएका छन् । सन् २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकको सहभागिता थियो । सन् १९५५ देखि नेपालबाट सहभागिता जनाउन थालिएको उक्त तालिममा हालसम्म ६० जना बढी प्रिहरी अधिकृतले तालिम सम्पन्न गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here