जनकको साहित्यिक यात्रा

Sharing is caring!

बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ । भदौ ८ गते जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा एक समारोहबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री खगराज बरालले उक्त पत्रिका विमोचन गर्नुभएको थियो । बालबालिकाका लागि स्तरअनुकूलका पठन सामग्री पर्याप्त नभइरहेको अवस्थामा यसले उक्त अभावलाई पूर्ति गर्ने देखिएको छ । विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश छन् ।

पत्रिका विमोचन गर्दै बरालले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर व्रिmयाकलापमा विद्यार्थीको सव्रिmयता बढाउने उल्लेख गर्नुभयो । पत्रिकाको समीक्षा गर्दै पाठ्यव्रmम विकास केन्द्रमा महानिर्देशक डा. लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक श्री महेश तिमिल्सेना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गर्नुभयो । श्री चिरञ्जीवी बराल, श्री गणेशप्रसाद भट्टराई, श्री जयन्ती सत्याल र श्री चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिकाको डिजाइनरश्री सन्तोषकुमार दाहाल हुनुहुन्छ । ६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको यस पत्रिकाको मूल्य रु. १०/ मात्र रहेको छ ।

Sharing is caring!

LEAVE A REPLY