मेकअप गर्ने महिलालाई खतरा

महिलाहरु खासगरी सुन्दरी बन्न विशेष गरी धेरै मेकअप गर्ने गरेका छन् तर स्वास्थ्यलाई के कति असर पार्छ भन्ने विल्कुल सोच्दैनन् । एक अध्ययनले महिलाको प्रजनन क्षमतासम्बन्धी अनौठो तथ्य सार्वजनिक गरीसकेको छ । अध्ययन अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने देखाएको छ । मेकअपका प्रशाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी रहेको छ । शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यओन गरिएको थियो । अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने उल्लेख गरीएको छ ।

LEAVE A REPLY