नेपाल प्रहरीमा ३ हजार ८सय ३१ का लागि खुल्यो जागिर,खेलाडीलाई पनि अवसर

रोजगारीको खोजीमा हुनुहुन्छ ? तपाईको लागि खुसीको खबर छ । नेपाल प्रहरीले एकै पटक झण्डै ४ हजार का संख्यामा दरखास्त आह्वान गरेको छ ।प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले विभिन्न पदका लागि ३ हजार ८३१ जनाको दरखास्त माग गरेको छ।
प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार प्रहरी जवान पदमा ३ हजार ५९६ जना माग गरिएको छ। १९० जना भान्छे मागेको छ भने हजाम पदमा १० जनाको माग छ। त्यस्तै कुचिकार २० जनाको पद आह्वान हुँदा २५ जना खेलाडी पदमा विज्ञापनि खुलाइएको छ।
खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

हेर्नुहोस विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here