गैर आवासिय नेपाली संघ जापानकाे महासचिवमा जनकले दिए उम्मेदवारी

जापानमा लामाे समय देखि रहि, बाँके बर्दिया मैत्री समाजको संस्थापक अध्यक्ष साथै वर्तमान गैर आवाशीय नेपाली संघ जापानका सचिव रही नेपाली समुदायकाे हित र कल्याणमा समर्पित जनक बिक्रम शाही ले गैर आवाशीय नेपाली संघ जापानका लागि महासचिवमा उम्मेदवारी दिदै आफुले उम्मेदवार दिनुका कारणहरु र प्रतिवद्दता सार्वजनिक गरेका छन् ।

उनले म आफैमा सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्छु र यिनी मेरा उदेश्य या भिजनमा तपाईहरुका आकांक्षा नसमेटियका हुन् सक्छन् तेसैले यहा हरुका सुझाव र सल्लाहका लागी अनुरोधका साथै मेरा प्रतिबद्दता तपाईहरु माझ राखेकाे भन्दै सहयाेगका लागी अपिल गरेका छन् । हामिले उनकाे अनुराेध र प्रतिवद्दतालाइ जस्ताकाे तस्तै यहाँ राखेका छाै ।

१) हरेक २ बर्षमा गैर आवाशीय नेपाली संघ को फारम भरी पून सदस्य बन्नु पर्ने झन्जटको अन्त्यगर्न विशेष प्रणालीको सुरुवात
(मेरोसबैभन्दा प्रमुख लक्ष रहनेछ )

२) आपतकालिन तथा द्रुत सहायता संयन्त्रको तयार साथै गैर आवाशीय नेपाली संघ सहयाेग नम्वर ( फोन नम्बर) को व्यवस्था

३) नि : शुल्क कानूनी परामर्स सेवाको सुरुवात

४) विद्यार्थी, दक्ष कामदार (कुक, ट्रेनी भिजा तथा अन्य रोजागारमा संगलग्न) नेपालीहरुको लागी बृहत्तर सहयोगको निम्ती संयन्त्रको सुरुवात

५) संस्थाको कोष बृद्धिकाे निम्ति काेष बढाउने समितिको स्थापनाका साथै प्रविधिको उपयोग

६) एनआरएनए जापान युवा नेतृत्व पुरस्कारको  सुरुवात साथै महिला सशक्तिकरण बारेमा ठोस कदम

७) एनआरएनए जापान सम्मेलनको सुरुवात

८) जापानको केन्द्र तथा स्थानीय सरकार संग सम्पर्क तथा समन्वय को लागी राजदुतावास, अग्रज सामाजिक
अभियान्ताविचको समन्वयमा विशेष संयन्त्रको स्थापना

९) नेपाल फेस्टिवल आयोजनाको प्रक्रियामा स्तरउन्नति का साथै नेपालको पर्यटन तथा सांस्कृतिक प्रवर्धन को निम्ति
स्वतन्त्र संयन्त्रको तयार

१०) जापानी तथा नेपाली व्यवसायीहरुको संयूक्त सम्मेलन

११) सीप, ज्ञान तथा आविस्कार सम्बन्धि विभिन्न क्षेत्रका बिषय बिज्ञहरुको सहभागितामा स्वतन्त्र खोज तथा आविष्कार संयन्त्रको तयार

१२) जापान स्थित बिभिन्न खेलका दक्ष खेलाडीको पहिचान र सबन्धित खेलमा सहभागिताका साथै अभिबृद्दीमा जॊड

१३) शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धि हरेक क्षेत्रमापनि जनचेतनामुलक कार्यक्रमा जोड का साथै निवर्तमान कार्यसमितिका कार्यहरुको निरन्तरता

१४) नेपाली दूतावास तथा स्थानीय संघ संस्था संग समन्वय का निम्ति स्वतन्त्र संयन्त्रको तयार

१५ ) एनआरएनए क्षेत्र र केन्द्रको समन्वयमा प्रविधिको भरपुर उपयोगमा जोड

१६) नेपाल भ्रमण वर्ष २०२० को निम्ति सुझाव तथा सहायोग समितिको स्थापना

“सबैको साथ सबैको सेवा”

जय एन आर एन ए  । । ।

LEAVE A REPLY