सवारी खरिदमा अंकुश :- अब खरिद अघि सर्वेक्षण अनिवार्य

सरकारी कार्यालयहरुमा सरकारी साधन खरिदका नाममा अनियमितता मौलाउन थालेपछि सरकारले एक्सन लिएको छ । यो बिषयमा संघीय संसदको तल्ला र माथिल्लो सदनमा समेत प्रन उठ्न थालेपछि सरकारले एक्सन लिएको हो ।
अब सरकारी कार्यालयले सवारी साधान खरिद गर्दा सम्बन्धित कार्यालयले समिति नै बनाएर सवारी साधन किन चाहियो ? कति चाहियो ? र पुरानाको अवस्था के छ ? भन्ने अध्ययन समितिले सिफारिस गरेपछि मात्र अर्थ मन्त्रालयले पैसाको निकास गर्नेछ ।

बार्षिक अर्बाै रकमको सवारी साधन खरिद गरेर राज्यको अर्थतन्त्रको दुरुपयोग गरेको पश्न सांसदहरुले उठाउन थालेसँगै अर्थमन्त्री डा युवराज खतिवडाले त्यसमा अंकुश लगाउने तयारी भइरहेको जनाएका हुन् ।
संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी कार्यालयले सवारी साधान खरिद गर्दा सर्वेक्षण गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको बताए।
जसरी कर्मचारी नियुक्ति गर्दा संगठन र व्यवस्थापन सर्वेक्षण गरिन्छ ठीक उही ढंगले सवारीसाधन खरिदमा पनि अध्ययन गर्नुपर्ने व्यवस्था लागू
गर्न लागिएको हो ।
खतिवडाले मन्त्रालयले सकेसम्म सवारी साधान खरिद गर्न निरुत्साहित गरेको बताए। सवारी साधन खरिदका लागि भन्सार कार्यालयहरूलाई पनि छुट नदिन निर्देशन दिइएको मन्त्री खतिवडाले जानकारी दिए।

LEAVE A REPLY