भारतका पूर्व अर्थमन्त्री चितम्बरमलाई अदालतमा पेश गरिँदै

भारतका कांग्रेसका वरिष्ठ नेता एवम पूर्व अर्थमन्त्रि पी चितम्बरलाई अमित शाहले प्रतिशोध लिएको आरोपमा आज सिबिआइ अदालतमा पेश गरिँदैछ। पदमा रहँदा आर्थिक अपचलन गरेको भन्दै उनीलाई सिबिआइ र इन्फोर्समेन्ट डाइरेक्टरीले बयानका लागि बोलाएको थियो। तर, चितम्बरमे भने जमानतका लागि उच्च अदालतमा निवेदन दिएका थिए। तर, उनको निवेदन अस्वीकृत भएपछि सिबिआइले उनलाई बुधवार बेलुकी पक्राउ गरीएको थियो । चिताम्बर संगै उनका छोरा कार्ति चिताम्बरसंग पनि सोधपुछ गर्न सकिने जनाईएको छ ।

सिबिआइले केही खास मानिसलाई खुशी बनाउन घरको पर्खाल नाघेर आफ्नो बुवालाई पक्राउ गरेको आरोप लगाउँदै कार्तिले राजनीतिक प्रतिशोध साध्न अहिलेको कारवाही भएको बताएका थिए। सन् २०१० मा अमित शाह गुजरातको मुख्य मन्त्री रहेका बेला चितम्बरम मनमोहन सिंह सरकारमा गृहमन्त्री थिए। शहाबुद्दीन मुठभेड मुद्दामा अमित शाहलाई पक्राउ गरिएको थियो। शाहले सो कार्य केन्द्र सरकारले राजनीतिक प्रतिशोध साध्न दिएको तर्क गरेका थिए। आज उनै शाह गृह मन्त्री रहेका बेला चितम्बरम पक्राउ परेकाले कांग्रेसले यसलाई प्रतिशोध उनमुख भनेका छन् ।

LEAVE A REPLY