मन्त्री र सचिवको कार्यसम्पादन सम्झौता मजाक थियो ?(भिडियोसहित)

 

सांसद राधेश्याम अधिकारीले मन्त्रीहरुले सचिवसँग गरेको कार्यसम्पादन सम्झौता मजाक हो भन्दै प्रश्न गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । केही दिन अघिमात्र पा्रयजसो मन्त्रीहरुले सचिवहरुसँग एक बर्षको कार्यसम्पादन सम्झौता गरेका थिए ।
तर कार्यसम्पादन सम्झौता गरेको महिना दिन नपुग्दै सचिवहरु सरुवा भएपछि सांसद अधिकारले यस्तो प्रश्न तेर्साएका हुन् । उनले स्थायी सरकार कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन्।

आजको बैठकमा उनले कार्यसम्पादन सम्झौता गरेको महिना दिन नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै त्यसको कारणबारे सरकारसँग प्रश्न गरे। एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्‍न गरेका हुन् वा तीनले एक महिना भित्रै आफू असक्षम भएको प्रमाणित गरे ? उनले ती सचिवहरु सम्बन्धित मन्त्रीको रोजाईमा ती नपरेका हुन वा कार्यसम्पादन सम्झौता आफैंमा एउटा मजाक थियो ? उनले प्रश्न तेर्साए ।

राष्ट्रियसभा सदस्य बिन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन्।

LEAVE A REPLY