उपचारका लागि सिंगापुर प्रस्थान

उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेको खवर सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई विदाई गर्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत प्रधानमन्त्री ओलीलाई विदाई गर्न पुगेका छन् भने ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । प्रधानमन्त्रीको ओलीलाई हाम्रो तर्फबाट पनि सिघ्र स्वास्थ्य लाभको शुभकामना ।

LEAVE A REPLY