आफ्नो पदीय हैसियतको ख्यान नगरी विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

आफ्नो पदीय हैसियतको ख्यान नगरी नेपाली नेताहरु भारतीय नेतालाई भेट्न होटल पुग्ने छन् । त्यस्तै आज पनि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न होटलमा पुगेका छन् । कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटल द्वारिकाजमा भेट्न पुगेका हुन् ।भेटमा भट्टराई–यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै भट्टराईले नेपालको विकासमा भारतको स्पष्ट मोडलको अपेक्षा आफूले राखेको जनाएका छन् ।

LEAVE A REPLY