करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर पर्साको जगरनाथपुर गाउँपालिका १ पाण्डेपुरका ३५ वर्षीय असरफ राउत गद्दीको मृत्यु भएको छ । विद्युतीय मोटर चलाएर खाट धुने क्रममा तार सर्ट भइ उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ । घाइते भएका राउतको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पोष्टमार्टमपछि शव आफन्तले बुझेका छन् । भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY