पर्वतमा घर भत्किएर पुरिँदा एक जनाको ज्यान गयो

बुधबार राती घर भत्किदा पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा एक जनाको ज्यान गएको छ। घरमाथि रहेको सडकको नालीमा आएको पानी खेतमा सिँचाइका लागि लगाइएको थियो । त्यही पानीका कारण खेतबाट आएको पहिरोले घर भत्काउँदा सुतिरहेका ७० वर्षीय रेमबहादुर चालिसेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीले बताएका छन् । मृतक चालिसे खुर्कोटबाट एसएलसी पास गर्ने पहिलो ब्यक्ति हुन्। प्रहरी निरीक्षक रायमाझीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको कमाण्डमा गएको टोलीले बिहीबार बिहान एक्साभेटरको सहायताले चालिसेको शव बाहिर निकालेको हो। रातको समयमा भएकोले घर भत्किएको थाहा नहुँदा उद्वारमा ढिलो भएको हो। घरमा श्रीमान् श्रीमती बस्दै आएका थिए। श्रीमती भने छोरीको घरमा बस्न गएकाले घटनामा जोगिइन्। उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY