भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको खवर सार्वजनिक भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन बुधबार काठमाण्डौ आएका विदेशमन्त्री जयशंकर बिहीबार बिहान पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी राष्ट्रपति भवन पुगेका थिय । भेटवार्ता पछि आज विदेशमन्त्री भारत फर्कने तयारी समेत भईरहेको छ ।

LEAVE A REPLY