पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेसकेपछि पनि न्युज २४ को टेलिफोनबाट अस्मितालाई पटक–पटक सम्पर्क

प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन साथै कल डिटेल निकालेर विश्लेषण गरीरहेको छ । प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ। घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताए अनुसार, शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको छ’, । पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्। स्रोतहरुका अनुसार रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क गरिएको छैन। रविले सामान्यतः आफ्नो मोबाइलबाट कसैसँग पनि कुराकानी नगर्ने पाईएको छ ।

LEAVE A REPLY