भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने

आज भारतीय विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।आयोगको बैठक बुधबार र बिहिबार सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY