फेसबुकमा खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई काट्छु भन्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर भिडियो बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने बाराका २८ बर्षीय सागर क्षेत्री पक्राउ परेका छन् ।

पक्राउ परेका क्षेत्रीमाथि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धान अगाडि बढाएको छ । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन् उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

प्रहरीका अनुसार, मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।

यसअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली, गलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेर छुटेका थिए ।

LEAVE A REPLY