सत्तारुढ सांसदको प्रश्नस् काठमाडौंमा राँगाभैंसी कहाँबाट आउँछन् ?

सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगा भित्रिने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।”

उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैंसी नभित्रिए पनि काठमाडौमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रिने गरेको दावी गरे ।

पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कयौं जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पूर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।

LEAVE A REPLY