मन्त्रिपरिषद् बैठकद्धारा सचिवहरुको ‘व्यापक’ सरुवा

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरूको व्यापक सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सचिवहरु परिवर्तन गरेको हो।
स्रोतका अनुसार,सञ्चार,गृह,अर्थ,सामान्य,रक्षा,महिला,भौतिक,शहरी बिकास र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव बाहेक अन्य सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको एक मन्त्रीले जनाए ।

LEAVE A REPLY