कुन बैंकले कति कमायो नाफा (सूचीसहित)

गत आर्थिक बर्षमा

सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ राष्ट्रिय बाणिज्य बैंक र सबैभन्दा कम मुनाफा आर्जन गर्ने बैंक सिभिल बैंक । राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब ३२ करोड मुनाफा आर्जन गर्दा सिभिल बैंकले जम्मा यो अवधिमा जम्मा ८० करोड मात्र नाफा आर्जन गरेको छ ।

चौथो त्रैमाससम्ममा सो बैंकले ५ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै समीक्षा अवधिमा दोश्रो बढी मुनाफा आर्जन गर्ने बैंक बन्न पुगेको छ कृषि विकास बैंक । कृषि विकास बैंकले यो अवधिमा ४ अर्ब ३५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
यस्तै तेश्रो सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंक बन्न पुगेको छ नबिल बैंकले ४ अर्ब २९ करोड मुनाफा आर्जन गर्दा सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ ।
यस्तै एनआइसी एसिया बैंकले सोही अवधिमा ३ अर्ब ५ करोड नाफा आर्जन गरेको छ ।
सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउने बैंकको रुपमा सिभिल बैंक देखिएको छ । बैंकले यो अवधिमा जम्मा ८० करोड मात्र नाफा आर्जन गरेको छ ।
सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, जनता बैंक र सिटिजन्स बैंक छन्।

LEAVE A REPLY