जापान यात्रा २ : अल्कोहोलीक जापान

दिनेश लम्साल

जापानमा अल्कोहललाई हेर्ने नजर नै ठ्याक्कै उल्टो रहेछ हाम्रो तुलनामा । त्यहाँ त अल्कोहल विना कुनै चिज नै बन्दैन भन्ने मान्यता छ । त्यहाँ अल्कोहल लाई इनर्जीका रुपमा लिने गर्दा रैछन् । बियर ह्वीस्की त्यहाँको सामान्य पेय पदार्थका रुपमा रहेको पाइन्छ जस्तो हामी यहाँ कोक फेन्टा जुस पिउँछौ । त्यहाँका मानिस सामाजिकरुपमै पिउँछन नपिउने पो बरु अनौठो मानीन्छ त्यसैकारण पनि यसको उत्पादन धेरै मात्रामा हुने रैछ र पो मदिरा र मदिराजन्य पदार्थ सस्तो पर्ने रैछ ।

जापान जानु अघि साथीले भनेको थियो उसले ह्वीस्की वियर उसले जिम्मा लिने तर अरु खानेकुरा भने हामीले म्यानेज गर्ने भनेर । हामी त दंग पर्दै उसले केही लिस्ट पनि देको थ्यो खासगरी ती सामान असाधारणरुपमै अलि दुर्लभ र महंगो पर्दथे ।

मैले अघिल्लो अंकमा जापानको महंगाई वारे चर्चा गरेको थिएँ त्यसमा अलि बढी नै अस्वाभाविक लाग्ने दृष्टान्त मात्र भन्या थे तर वास्तवमै जापानमा सवै चिज महंगो नै हो । मैले यहाँ उठाउन खोजेको विषय अर्को अचम्म थियो । खानेकुरा साग सव्जी तेल मसला खुर्सानी प्याज महंगो तर रक्सी र मासु (चिकेन) सस्तो नै रैछ त्यहाँ । त्यसैकारण त साथीले आफुलाई सस्तोमा पारेको रैछ ।

अल्कोहल अर्थात मादक पदार्थ नेपालमा त पारीवारीक जमघटमा जिकीर पनि गर्न नहुने । मापसे नगर्नेलाई भद्र भलाद्मी मान्ने प्रचलन अझ श्रीमतिहरुको जमघटमा त आफ्नो पतिले खान्छ भन्ने अरुलाई जानकारी सम्म पनि नहोस भन्ने पिडाले ग्रस्त समाज । आफुले लुकेर खाने बाउ आमालाई थाहा नदिने संस्कृति । यदि कसैगरी थाहा भै हालेमा त्यही दिनबाट खुलेको सम्झीनुपर्ने क्या गजवको अनुशासन भाको देश । आफ्ना अग्रज र आफन्तसंग मापसे शेयर मा जमघट भयो भने ठुलै प्रगति भाको ठान्ने नव धनाड्य सोच । अनि यस्तो समाजका हामीले कतै घुम्न जाँदा सित्तैमा मद्यपान गराउने कोही भेटेमा मात्र पनि आभारी हुनुपर्ने व्यवहार भएका हामीलाइ साथीले विदेशमा बोलाएर दारु ख्वाउने भनेपछि त के चाहियो र हामीलाई त कहिले कुदौ भन्ने लागीहाल्यो नी ।

जापानमा अल्कोहललाई हेर्ने नजर नै ठ्याक्कै उल्टो रहेछ हाम्रो तुलनामा । त्यहाँ त अल्कोहल विना कुनै चिज नै बन्दैन भन्ने मान्यता छ । त्यहाँ अल्कोहल लाई इनर्जीका रुपमा लिने गर्दा रैछन् । बियर ह्वीस्की त्यहाँको सामान्य पेय पदार्थका रुपमा रहेको पाइन्छ जस्तो हामी यहाँ कोक फेन्टा जुस पिउँछौ । त्यहाँका मानिस सामाजिकरुपमै पिउँछन नपिउने पो बरु अनौठो मानीन्छ त्यसैकारण पनि यसको उत्पादन धेरै मात्रामा हुने रैछ र पो मदिरा र मदिराजन्य पदार्थ सस्तो पर्ने रैछ ।

जापानको अर्को सुन्दर पक्ष भनेको सके जति काम गर्नु हो सबैले केही न केही काम गरेकै देखिन्छ उमेरजन्य विभेद पनि खासै छैन उनीहरलाई हेर्दा लाग्छ जीवन भनेको काम हो काम विनाको जीवन नै छैन जस्तो । यति धेरै काम गर्छन कि फर्किदा लखतरान । यसै कारण पनि होला उनिहरु आफुलाइ इनर्जाइज गर्न पनि अल्कोहलजन्य पदार्थकै सहारा लिन्छन । नर्मल अवस्थामा पानी, ग्रीन टि या आइसक्रिम र अलि समय भएमा वियर वा ह्वीस्की । लोकल अल्कोहोलिक पदार्थ पनि धेरै चल्तिमा छन् । नामा वियर , लोकल वाइन पनि धेरै मात्रामा खपत हुने वस्तुमा पर्दछन् । उनीहरुको व्यस्त जिन्दगी नै पनि होला तेस्तो संस्कृति बन्नुमा । हामीकहाँ पनि एउटा प्रचलन छ नी चिसो भयो भने रम वा लोकल झानेर खाने त्यस्तै जापानमा पनि अधिकाँश समय चिसो नै रहन्छ तेसैले पनि होला त्यहाँ तातो बनाउनका लागी पनि बढी खाने बानी बसेको होला ।
त्यहाँ नियम र अनुशासनमा प्रतिवद्ध तथा सम्मानका साथ पालना गर्ने प्रचलन भने छ । कहाँ खाने कसरी खाने कति खाने सबैको नियम जस्तो छ उमेरको पनि बन्देज लगाइएको छ । तेस्ता कुरामा उनीहरु प्रतिवद्ध छन् र पालना पनि गर्दछन् । अठार वर्ष नपुगेका व्यक्तिहरु नावालिग मानीन्छन र उनीहरुले तेस्ता वस्तुको प्रयोग गर्दैनन् पनि उक्त उमेर सम्म आफ्ना आमावावुकै संरक्षकत्वमै रहन्छन् । जव उनीहरु वालिग हुन्छन् तव अभिभावक खासगरी छोराको केशमा बाउले उत्सवनै राखेर वावु छोरा संगै वसेर पिउने र भोलिदेखि छोराले आमावावु छोडी आफैले काम गरी जिवन चलाउने गरी विदाई हुने प्रचलन पनि गजवकै छ । यसले समाज भाँड्ने सन्देश नजाओस तर वालिग र नावालिग विच गर्नुपर्ने विभेद बाहेक अरु विभेदको खासै अर्थ रहँदैन ।

हामीकहाँ अनुशासनको मान मर्दन गर्न पाउँदा आफुलाई महान ठान्ने प्रवृत्ति भाकोमा सवै कुरामा सक्नेले नसक्नेलाई निषेध गर्ने मै खाउँ मै लाउँ मोज मस्ती सव मै गरुँ भन्ने पाराका व्यक्ति रहने समाजमा आफुले सक्दा मनपरी गर्ने नसक्दा सत्तो सराप गरेर मोर हान्ने छाडातन्त्रमा यस्ता कुरा कम गर्न खोज्नु सरकारी तवरवाट केही उचित होला तर पनि जनतानै सभ्य बन्न नसक्दा यस्ता गफ कथा मात्रै होलान । मापसे कल्चर पनि सभ्यता संगै जोडिने विषय रैछ भन्ने जापानवाट सिकिने अर्को पाठ हो ।

जापानका यात्रासम्बन्धी वेबसाइटहरु हेर्ने हो भने पिउने संस्कृतिलाई बडो महत्वका साथ लेखेको पाइन्छ तेस्ता साइटहरुमा पिउने नियमहरु सहित व्याख्या गरीएको भेटिन्छ । उदाहरणका लागि एउटा साइट गोगोनिहोन डट कमले पिउने नियम भनेर चारवटा नियमहरु उल्लेख गरेको छ । जसअनुसार सबैलाई हालिसकेपछि मात्र पिउने, आफैले आफ्ना लागि नहाल्ने, एक राउण्डमा एकै सबैका अनुसार लिने र बोत्तलमा कहिले पनि सेवन नगर्ने जस्ता नियम पालना गर्नुपर्ने उल्लेख छ । तेही साइटमा जापानीहरुको पिउने संस्कृति अनौठो र युनिक रहेको दावी समेत गरेको छ ।

जापानीहरु किन यति सारो पिउने रैछन भनेर यसो खोज गरेको त एउटा वेबसाइटमा त अल्कोहलको फाइदा नै फाइदा लेखेको भेटियो । मेडिकल डेली डट कमले अल्कोहलको प्रयोगवाट विभीन्न फाइदा हुने जिकिर लिएको छ । यसले प्रमुख सात फाइदा भनी रुघाखोकीको संक्रमण नहुने, आयु लामो हुने, मधुमेहको खतरा कम गर्ने, पत्थरी घटाउने, मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने, स्नायु सम्बन्धी समस्या घटाउने लगायत विभिन्न फाइदा हुने उल्लेख गरेको छ । तर यसका फाइदा छ भन्दैमा जथाभावी सेवन गर्ने भनेर बुझ्न भने हँुदैन । सेवन गर्ने तौर तरिका पनि जापानीकै जस्तो भएमा मात्र यसले तेसै अनुसार फाइदा गर्ने हो नत्र उखानै छ नी धेरै खाएमा गुण पनि तितो हुन्छ ।



 

LEAVE A REPLY