आगलागीका कारण २ घर क्षती

राजकुमार लम्साल, सिन्धुपाल्चोक

आगलागीका कारण दुई घर मा क्षती भएको छ । साउन २८ गते बिहान सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं ५ का चिरन डकाल र चित्र प्रसाद चौलागाईको घरमा आगलागी भएको हो ।

आगलागी का कारण घरमा भएको लत्ता कपडा,अन्न लगाएतका सामाग्री जलेको स्थानिय केदार खनालले जानकारी दिनुभयो । “आगलागी गोठ बाट सुरु भएई पघर सम्म सल्के पछी मात्र मलाई थाहा भयो मत तातो राफ आए पछी बिउजेछु उठेर हेर्दा आगो लागी भैरहेको रहेछ ” प्रभाबित चिरन ढकालले बिलाउना गर्दै भन्नुभयो । आगलागी पछि आफुहरु ८ जनाको परीवार छिमेकिकोमा आस्रय लिरहेको ढकालले जानकारी दिनु भयो । आगो लागीको खबर पयपछी भोटेचौर प्रहरी कार्यालय र मेलम्ची खानेपानी सुरुङ सुरक्षाका लागी खटीएको नेपाल आर्मिको टोली बाट आगलागी को नियन्त्रण गरीएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।

सो घटनाका प्रभावित लाई नेपाल रेडक्रस सोसाइटीले गैह्र खाद्यय सामाग्री २८ गतेनै वितरण गरेको नेपाल रेडक्रस सोसाइटीका मन्त्रि कमलचरण कक्षपतीले जानकारी दिनुभयो । आगलागीमा परी भुकम्प निमार्ण गरीएको भुकम्प प्रतिरोधि घर पुर्ण क्षति भएको हो ।

LEAVE A REPLY