प्रदेशका प्रमुख सचिव र सचिव प्रदेश निजामतिबाट बनाउन सकिन्न : मन्त्री पण्डित

samiti

Sharing is caring!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतिबाट बनाउन नसकिने जनाएका छन् । आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका मन्त्री पण्डितले यस्तो जनाएका हुन् । मन्त्री पण्डितले संघ र प्रदेशबीचको अन्तर सम्बन्ध कायम राख्नका लागि प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघीय निजामति सेवाबाट नै व्यवस्था गरिनुपर्ने तर्क गरेका छन् ।

समितिका अन्य सदस्यहरुले कर्मचारी समायोजन ऐनमा भएको व्यवस्था भन्दा भिन्न रहेर ऐन बनाउन नसकिने तथा केन्द्रबाट नै प्रमुख सचिव र सचिव पठाउने व्यवस्था राख्दा संघीयताको सही कार्यान्वयन नहुने भन्दै संसोधन गर्नुपर्ने धारणा राखेको थिए।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइरालाले सहकार्य र सहअस्तित्वको आधारमा रहनका लागि केन्द्रसंग अन्तरसम्बन्ध कायम राख्न तथा केन्द्रबाट गएको बजेट कार्यान्वयन लगायत प्रसङ्गमा प्रतिनिधिमूलक रुपमा रहनुपर्ने भएकाले केन्द्रबाट नै प्रदेशका प्रमुख सचिव नियुक्त गर्ने व्यवस्था गरिएको बताए।

समितिका अधिकांश सदस्यहरुले भने प्रदेशका सचिवहरु प्रदेशस्तरबाटै हुने विषयलाई अन्तरसक्म्बन्ध नै सकिन्छ भन्ने नमिल्ने भन्दै प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव प्रदेशबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे।

Sharing is caring!

LEAVE A REPLY