खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सांसद नविनाको माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा नेकपा सांसद एवं पूर्व विद्यार्थी नेतृ नविना लामाले त्रिवि लगायत विश्व विद्यालयमा रिक्त पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेकी छन् ।

सांसद लामाले राजनीतिक भागवण्डाका आधारमा उपकुलपति र पदाधिकारी बनाउन नहुने भन्दै यस्तो माग गरेकी हुन् । विश्वविद्यालयमा डरलाग्दो रुपमा विकृति मौलाएको भन्दै उनले विश्वद्यिालयको प्रतिष्ठा जोगाउनसक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउन माग गरिन् ।

“परीक्षाको विषयमा होस् वा सम्बन्धनको विषयमा होस् अथवा कर्मचारी नियुक्तिको विषयमा नै किन नहोस्, विश्वविद्यालयमा अराजकता मैलाएको छ,” सांसद लामाले भनिन्, “राजनीतिक भागवण्डाका आधारमा होइन, खुल्ला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् ।” उनले विश्वविद्यालयको गरिमा उँचो राख्न सक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउनुपर्ने बताइन् ।

LEAVE A REPLY