तीन दिनसम्म देशभर यस्तो हुनेछ वर्षा

Sharing is caring!

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन चट्याङसहितको वर्षा हुने साथै केहि स्थानमा भारी वर्ष हुने महाशाखाले सार्वजनिक गरेको छ।

महाशाखाले ट्विट गर्दै जनाए अनुसार काठमाडौँ उपत्यका लगायत धनुषा, उदयपुर, महोत्तरी, सुर्खेत, दाङ जिल्ला तथा यसका आसपासका क्षेत्रहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

साथै देशभर बर्ष हुने कुरा विभागले जनाएको छ । विभागका प्रमुख भन्छन् । आज मात्र होइन करिव ३ दिन सम पर्ने छ ।

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरोरभूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए। यसैगरी पूर्वका एकरदुई स्थानमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए।

पर्सिदेखि भारी वर्षाको सम्भावना अझ बढ्ने मौसमविद् श्रेष्ठको अनुमान छ। उनका अनुसार दक्षिण भारतमा रहेको न्यून चापीय रेखा उत्तर नेपालतर्फ सरिरहेकाले पर्सि अर्थात् बुधबार सम्ममा त्यसको पश्चिमी टुप्पो नेपालको पश्चिमी क्षेत्रको माथि आइपुग्ने सम्भावना छ।

‘त्यो आएपछि पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना बढ्छ,’ श्रेष्ठले नेपालखबरसँग भने,’ साथै त्यसको असर देशैभर बढ्नेछ।’

Sharing is caring!

LEAVE A REPLY