अख्तियार प्रमुखको नाममा पूर्व नासुको २ पन्ने सुसाइड नोट

अख्तियार प्रमुख नवीन घिमिरेको २०० वर्ष आयुको कामना

भ्रष्टाचारको आरोपमा डामिएका पूर्व नासुले अख्तियार प्रमुख नविन घिमिरेका नाममा २ पना सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पन्ने सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्।
वनको जंगा व्यक्तिको नाममा पारेको आरोपमा तत्कालीन कलंकी मालपोत कार्यालयमा कार्यरत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा गत १३ जेठमा आरोप पत्र दायर गरेको थियो।
सोही भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार उनका साथबाट सुसाइड नोट भेटिएको छ । जहाँ अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्रष्टाचारी होइन लेखिएको सुसाइड नोट फेला परेको उनले सुनाए ।
यस्तो छ, सुसाइड नोट :
सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ, प्रमुख अख्तियार आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु।
मैले कामगर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।
ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।
कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।
वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here