कहिले सुधार होला निजामती अस्पताल ?

Sharing is caring!

निजामती कर्मचारीलाइ लक्षित गरि चीन सरकारको सहयोगमा निर्मित नयाँ बानेश्वरको निजामती अस्पताल नचिन्ने सायदै नहोलान काठमाडौमा । सरकारी भन्दा अलि पृथक शैली मा चलाउने गरि व्यवस्थापन गरीएको यो अस्पताल हेर्दा आजभोलि विजोग लाग्दो बनेको छ । यसको सरसफाइ र मर्मत सम्भारमा बेलैमा ध्यान नदिंदा यसको हरिविजोग भएको छ ।

पर्चाका लागी राति देखि लाइन बस्ने अनि अन्तिममा पुग्दा कोटा सकियो भनेको सुन्दा मान्छे त लगभग बेहोस नै भाका घटना नौला त होइनन् ति भन्दा डर लाग्दा समस्या बढ्दो छन् । सुधार भन्दा नी विग्रने समस्याले ग्रस्त छ ।

हामीले भौतिक निरीक्षणका क्रममा यस्तो गजबको तथ्य भेटियो निजामती अस्पताल भित्र । इमरजेन्सीमा बेड पुगेन भने दुइ जनालार्इ सँगै राखि उपचार गराइनेछ भन्ने सुचना त सगौरव टाँसिएकै छ त्यो भन्दा नी विजोग त्यहाँको शौचालय छ । शौचालय सफा हुनुपर्छ भन्ने कुराको बढ्ता वकालत गर्ने नै तिनै डाक्टर सावहरु नै हुन तर तिनै डाक्टर बस्ने वा सेवा दिने थलोमै शौचालय गतिलो छैन ।

इमरजेन्सी शौचालयमा महिला पुरुष त छैन नै भएको शौचालय पनि राम्रो अवस्थाका छैनन् । शौचालयका ढोकानै भित्र जाउँ कि नजाउँ जस्ता छन पुरै च्यातिएका पाता बेरिएका छन भने माथिल्लो भागमा पारदर्शी वस्तुको प्रयोग गरीएको अवस्थामा रहेका छन् । टोइलेट सोप र पेपरको त कुरै नगरौ दिशा पखाल्ने पानी सम्मको सहज व्यवस्था छैन ।

यस्ता साना साना कुरामा ध्यान पुर्याउन समेत नसक्ने व्यवस्थापनले के सुधार गर्ला भनेर आस गर्ने होला ।

Sharing is caring!

LEAVE A REPLY