सुनको मूल्यको भाउ आकासिएपछि एक किलो सुन पनि बिक्री भएन आज भने ७० हजारमै रोकियो

Sharing is caring!

नेपाली बजारमा सुनको मूल्य तोलाको ७० हजार रुपैयाँ पुगेको छ। लगातार एक सातादेखि बढेको सुनको मूल्यमा बिहीबार थप पाँच सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।

प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै दरमा सुनको कारोबार हुने छ। बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले बिहीबारसम्म रोकिएको थिएन।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ। यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ।

Sharing is caring!

LEAVE A REPLY