नक्‍कली नोट छाप्ने गिरोह मेसिनसहित पक्राउ

कैलाली प्रहरीले नक्‍कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका चारजनालाई शुक्रबार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका(१ नैनादेवी मन्दिरनजिकै उनीहरु डढे महिनादेखि नेपाली नक्‍कली नोट छाप्ने गरेको कैलाली प्रहरी उपरीक्षक सुदिपबहादुर गिरिले जानकारी दिए।

धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका( १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका( ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्। गोकुल नक्‍कली नोट छाफ्ने योजनाका मुख्य नायके हुन्।

४ जनालाई फरक फरक मितिमा पक्राउ परेका हो। गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो भने अन्य ३ जना धनगढीमा नै पक्राउ परेको प्रहरी उपरीक्षक गिरिले जानकारी दिए।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्‍कली नोट समेत बरामद गरिएको छ। पछिल्लो दुई महिनामा धनगढीमा तीनपटक नक्‍कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। नक्‍कली नोट कारोबारीले पहाडी दुर्गम र भीडभाड हुने ठाउँमा नक्‍कली नोट प्रयोग गर्दै आएको प्रहरीको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here