राष्ट्रिय खुलामैत्री तेक्वान्दो कात्तिकमा

Sharing is caring!

रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यु स्टार र सौराह डोजाङको अयोजनामा २०१९ को चितवनको रत्ननगर नगरपालिकामा १ र २ कात्तिकमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता हुने बताई्रएको छ । सो प्रतियोगिता सञ्चालन गर्न अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग रहेको प्रतियोगिताका संयोजक पुष्प जोशीले बताएका थिय । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै पुम्सेतर्फ पुरुषको ५ र महिलाको ४ गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ । ६५ स्वर्ण, ६५ रजत र १३० कांस्य गरी २६० पदकका लागि प्रतिस्पर्धा हुने जोशीले जानकारी गराएका छन् । तेस्रो राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६÷६ तौल समूहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई भने पुनः छनोट गरी सर्वोत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिला तेक्वान्दो खेलाडीलाई जनही नगद १ लाख पुरस्कार प्रदान गरिनेछ । ती पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा हुने १३औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताका लागि समेत छनोट हुने आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले बताएका थिय ।

Sharing is caring!

LEAVE A REPLY