आज सवा ३ बजे त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, २३ जना बेपत्ता

सलार्हीको मलंगवाबा काठमाण्डौ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहाक बस आज बिहान सवा ३ बजे धादिङको सल्यानघाटबाट त्रिशूलीमा खसेको खसेको छ । बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएको प्रहरीले जानकारी गराएको छ । बस अप्ठेरो ठाउँबाट खसेको हुनाले उद्धार कार्यमा कठिनाइ भएको छ । धादिङका एसपी राजकुमार बैदवारले दिएको जानकारी अनुसार १४ जनाको उद्धार गरीसकेको जनाएको छ । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख नेत्रप्रकाश भट्टका अनुसार गाडीमा मलंगवाबाट ३७ जनाले टिकट काटेको पाइएको हुँदा बेपत्ताको संख्या २३ भएको अनुमान गरेको बताएका छन् । भट्टका अनुसार बाटोमा अन्य यात्रु चढे नचढेको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ३ जना चालक र सहयोगी गरि कम्तिमा ४० जना बसमा भएको अनुमान गरिएको छ । त्यसमध्ये अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइतेको उद्धार गरेको जानकारी गराएका छन् ।

LEAVE A REPLY